२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

घरेलु मैदानमा लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 10.3K
    SHARES

  • images
    घरेलु मैदानमा लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    आइतबार, मंसिर १०, २०८० 

    काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए ।

    यो बराबरीसँगै प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ । सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ । आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन् ।

    यो खेलपछि सिटीको १३ खेलमा २९ अंक भएको छ भने आर्सनलको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी सिटीसँग एक अंक खोसेको लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend