२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चर्चित लोक दोहोरी गायिका अमृता श्रीपाल, गायकद्वय सरोज लामिछाने र सौराग तामाङ नुवाकोट साँङ्गीतिक साझ कार्यक्रमको लागी कतार आउदै ।।।।


  • मंगलबार, मंसिर ५ २०८०
  • 17.9K
    SHARES

  • images
    चर्चित लोक दोहोरी गायिका अमृता श्रीपाल, गायकद्वय सरोज लामिछाने र सौराग तामाङ नुवाकोट साँङ्गीतिक साझ कार्यक्रमको लागी कतार आउदै ।।।।

    मंगलबार, मंसिर ५, २०८०
    दोहा कतार । नुवाकोट सेवा समाज कतारले यहि आउने शुक्रबार अर्थात नोभेम्बर - २४ तारिख बडा दशैं, शुभ दिपावली, नेपाल संवत तथा छ्ठ पर्वको उपालक्ष्यमा शुभकामना आदानप्रदानको साथमा नुवाकोट साँगीतिक साझ (२०२३) कार्यक्रम आयोजना गर्ने भएको छ।

    सनैयामा रहेको फुलबारी रेस्टुरेन्टको सभाहलमा हुन लागेको सोही कार्यक्रमको लागि आफ्नो साङ्गीतिक प्रस्तुतिहरु दिन नेपालबाट चर्चित लोक दोहोरी गायिका अमृता श्रीपालको साथै काठ क्षेत्रमा सर्वाधिक रुचाइएका गायक सरोज लामिछाने र म्हेन्दोमाया गायक सौराग तामाङ कतार आउने भएका छन ।

    नुवाकोट सेवा समाज कतारको मुख्य आयोजना एवंम  संगम सेवा समाज कतार र दाङसिङ युवा सेवा समाज कतारको सह-आयोजनामा हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको र कतारमा स्थापित संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीहरु, सामाजिक अगुवा अभियान्ताहरु, बिशिस्ट ब्यक्तित्वहरु, कलाकार तथा पत्रकारहरु सबैलाई उपस्थितिको लागि पत्राचार गरिसकेको आयोजक समितिले सन्चार डबलीलाई जानकारी गराएको छ।

    398333826_868323894829913_524852615951241687_n.jpg
    undefined

    कार्यक्रम आकर्षणको रुपमा नेपालबाट आउने  कलाकारहरु अमृता श्रीपालको मदनीमा नेती, चील गाडी, स्यानी लगायतका चर्चित गीतहरु सुन्न पाइने छ भने सरोज लामिछानेले गाएका खोली तरेर, चन्द्रगीरीमा, सान्दाजु, किसानी दाई, मुसौरी, नीर कमला, दुई खोली दोभान, हे मेरो सानु, कहाँ होला र सुन जस्तो पित्तल लगायतको दर्जनौं सर्वाधिक हिट गीतहरु प्रत्यक्ष सुन्न र हेर्न पाइने छ। साथै सौराग तामाङको म्हेन्दोमाया र सेलोमा छमछमी नाच्न पनि पाइने छ।

    शुक्रबार दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रममा कार्यक्रम हेर्न दर्शहरुले प्रतिव्यक्ति कतारी रियल-५० को टिकट काट्नुपर्नेछ जसको लागि सोही दिन आयोजक समितिसङ्ग सम्पर्क गर्न सकिने पनि बताएको छ ।
     

  • सम्बन्धित विषय:

  • # नेपाल प्रवासी तामाङ समाज कतार
  • # नेपाल आदिवासी जनजाती महासंघ कतार
  • # नेपाल मगर संघ शाखा कतार
  • # गैरआवासीय नेपाली संघ, कतार


  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend