दोहा कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा हुन लागेको गैरआवासीय नेपाली तारा - २०२३ (चौथो संस्करण) अन्तर्गतको गायन तथा नृत्य प्रतियोगिताको डिजिटल अडिसन दिने अन्तिम मिति आगामी नोभेम्बर २५ तारीख कतारको समय रातको १० बजे सम्म रहेको आयोजकले जानकारी गराएको छ।
नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौु भन्ने नारा सहित नेपाली कला प्रष्फुटन / उजागर गर्ने उद्देश्य र राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रमको डिजिटल अडिसन गत नोभेम्बर १ तारीख देखि खुल्ला गरिएको थियो।
आयोजक समितिले एउटा सुचना जारी गर्दै कार्यक्रममा सहभागी भइ आ-अफ्नो कला गला प्रस्तुत गर्न कतारमा रहेका सबै कलाकारहरुलाई अनुरोध पनि गरेको छ भने सम्पुर्ण सहभागी कलाकारहरु मध्यबाट एउटा सर्वोत्कृष्ट आवाजको साथै १ जना सर्वोत्कृष्ट डान्सर (नृत्यकार) छनौट गर्ने संचार डबलीलाई बताएको छ। प्रतियोगितामा सहभागि हुन ईच्छुक प्रतियोगी कलाकारले तपसिलमा उल्लेख गरिएको ब्यक्तिहरुसङ्ग सिधै सम्पर्क गर्न सक्ने पनि आयोजक समितिले जानकारी गराएको छ।
सम्पर्कको लागि मदन गुरुङ - ३१२९५८०७, रोशन अर्याल -७०६६५६४४, कृष्ण पन्थी - ५०३०७१५६, भाईकाजी गुरुङ - ७७६१२२००, बिबेक पुलामी मगर- ७०५४०९३२, धन बहादुर गुरुङ - ५५७४३४१२ सङ्ग सम्पर्क गर्न सकिने छ भने डिजिटल अडिसनबाट छनौट भएका कलाकारको पहिलो अडिसनको लागी - १ डिसेम्बर २०२३, शुक्रवार अपह्रान्ह १:०० बजे देखि ५:०० सम्म सनैया स्थित फुलबारी रेष्टुरेण्टको सभा हलमा हुने छ साथै दोस्रो अडिसन -२२ डिसेम्बर, २०२३, शुक्रबार, तेस्रो अडिसन -१२ जनवरी २०२४, शुक्रबार र ग्राण्ड फिनाले -२ फेब्रुअरी २०२४, शुक्रबार हुनेछ।
सहभागीले पुरा गर्नु पर्ने प्रक्रियाहरुः-
१. डिजिटल अडिसनको लागि सहभागि हुने प्रतियोगीहरुले गायन तर्फ बिना ट्रायकको ३ मिनेट सम्मको नेपाली कुनै पनि बिधाको गित र नृत्य तर्फको प्रतियोगीहरुले ४ मिनेट सम्मको नेपाली गितमा प्रष्ट भिडियो खिचे ३३४३१३७१ नम्बरको वाट्सएप (Whatsapp) मार्फत पठाउनु पर्नेछ ।
२. डिजिटल अडिसनको मिति १ नोभेम्बर २०२३ बाट खुल्ला गरिएको थियो भने डिजिटल अडिसन २५ नोभेम्वर २०२३ रातको १०:०० बजे (कतारको समय) सम्ममा प्राप्त भएको भिडियोलाई सहभागी गराईनेछ ।
३. डिजिटल अडिसनबाट छनौटमा भएका प्रतियोगिहरुलाई जानकारी सहित प्रथम अडिसनको लागि समावेश गराईनेछ। त्यसपछिको छनौट राउण्डको लागि फोन र सूचनाहरु मार्फत जानकारी गराईनेछ । विभिन्न चरणहरुबाट छनौट भएका प्रतियोगिहरुले आयोजकले निर्धारण गरेका प्रक्रियाहरु पुरा गर्न आयोजकको सचिवालय वा माथी उल्लेखित सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नु पर्नेछ ।
प्रतियोगितामा विजेता हुने प्रतियोगीले गायन तर्फ एक लाख एकासी हजार (१,८१,०००) नेपाली रुपैयाँको साथमा ट्रफी प्रमाणपत्र र नृत्यतर्फको विजेताले एक लाख पचास (१,५०,०००) हजारको साथमा ट्रफी र प्रमाणपत्र पाउने छ्न भने दुबै तर्फको रनरअपले समान पच्चहत्तर हजार (७५,०००) रुपैयाँ पुरस्कार पाउने छन साथ साथै फाइनलमा पुग्ने सबै प्रतिस्पर्धिले प्रमाणपत्र पाउने छन ।



