२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन– प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 10.1K
    SHARES

  • images
    अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन– प्रधानमन्त्री दाहाल

     

    काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् । चितवनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् ।

    उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैया दिइनेछ । माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए । तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend