२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारत चौथों पटक क्रिकेट विश्वकपको फाइनलमा पुग्यो


सञ्चार डबली
  • बिहीबार , कात्तिक ३० २०८०
  • 10.9K
    SHARES

  • images
    भारत चौथों पटक क्रिकेट विश्वकपको फाइनलमा पुग्यो


    काठमाडौं ।भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

    भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४८.५ ओभरमा अल आउट हुदै ३२७ रन बनाएको थियो । न्यूजील्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ७ विकेट लिएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३९७ रन बनाएको थियो ।

    योसँगै यसअघि दुई पटक १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो ।अब दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुने छ । यो खेलको विजेताले फाइनलमा भरतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend