२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहली ५० शतकको नयाँ कीर्तिमान


सञ्चार डबली
  • बुधबार, कात्तिक २९ २०८०
  • 9.9K
    SHARES

  • images
    एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहली ५० शतकको नयाँ कीर्तिमान

    बुधबार, कात्तिक २९, २०८०
    काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । बुधबार विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले ५० शतक पूरा गर्दै सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।

    सचिन तेन्दुलकरले ४५१ औं एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले २७७ औं खेलमा दक्षिण अफ्रिकाविरुद्ध यही विश्वकपमा शतक हान्दै ४९ शतकको कीर्तिमान बराबरी गरेका थिए ।

    न्युजिल्याण्डविरुद्धको खेलमा उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाएर आउट भए । कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend