२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सरकारका प्रतिनिधि र महावीर पुनबीच आज पनि वार्ता हुँदै


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 9.6K
    SHARES

  • images
    सरकारका प्रतिनिधि र महावीर पुनबीच आज पनि वार्ता हुँदै

     

    काठमाडौं, १८ वैशाख ।  आज पनि  सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो ।वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन् । आज लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाइ छ ।

    पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिंदै आएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महावीर पुन सल्लाहमै धर्नामा बसेको बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend