२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्वकप क्रिकेट: भोलि भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल हुने


सञ्चार डबली
  • मंगलबार, कात्तिक २८ २०८०
  • 9.2K
    SHARES

  • images
    विश्वकप क्रिकेट: भोलि भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल हुने

    भोलि आयोजक भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल खेल हुँदैछ।दोस्रो सेमिफाइनल चाहि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पर्सि बिहीबार कोलकोताको इडेन गार्डेनमा हुनेछ।

    भारत र न्युजिल्याण्डविचको खेल नेपाली समय  भोलि दिउँसो  २ १५ बजेदेखि सुरु हुनेछ ।  खेल मुम्बईको वानखडे क्रिकेट मैदानमा हुनेछ । भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका  साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

     जारी लिगमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थिय ।चार वर्ष अगाडिको विश्वकपमा भने  भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएको छ । ५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ। 

    भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा  भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।यी दुईबिचको खेल निक्कै  प्रतिस्पर्धा हुने अनुमान खेल विश्लेषकहरूको रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend