२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

२००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको हो–शेरबहादुर देउवा


सञ्चार डबली
  • सोमबार, वैशाख १८ २०८०
  • 11.0K
    SHARES

  • images
    २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको हो–शेरबहादुर देउवा


    काठमाडौं, १८ बैशाख । २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले श्रमिकहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वर्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने जनाएका छन् ।

    सभापति देउवाले मे १ तारिख— मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइदै आएका जनाएका छन् ।

    ‘विसंं २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बीपी कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो,’ देउवाले स्मरण गर्दै भनेका छन, ‘नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो, त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

    विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको पनि सभापति देउवाले जनाएका छन । ‘आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुले अनेक समस्याहरुलाई बेहोरिरहन परेको छ, उहाँहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वद्र्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने छ’ देउवाले शुभकामना सन्देशमा भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend