२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बिबेक श्रेष्ठको स्वरमा ‘माटो प्यारो’ गित सार्वजनिक (भिडियोसहित)


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 10.4K
    SHARES

  • images
    बिबेक श्रेष्ठको स्वरमा ‘माटो प्यारो’ गित सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । बिकास श्रेष्ठको ‘माटो प्यारो’ बोलको गित सार्वजनिक भएको छ । नयाँबजार, काठमाडौंस्थित सगुन क्याफेमा लोकार्पण कार्यक्रमको आयोजना गरी गित आधिकारिक रुपमा सार्वजनिक गरिएको हो ।

    मिलनबस्ती सेवा समाजका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी तथा बुढिगण्डकी जलविद्युत आयोजना लि.का प्रमुख डा.ई. जगतकुमार श्रेष्ठले प्रमुख आतिथ्यता गरेका थिए ।

    समाजका महासचिब सुकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथीहरुबाट गितको सफलताको शुभकामना साथै जन्मभूमीको ठाँउ परिबेश झल्कने गित र भिडियो तयार गरेकोमा धन्यबाद समेत व्यक्त गरेका थिए ।  

    बिकास श्रेष्ठको शब्द रचना र निर्देशनमा तयार भएको उक्त गीतमा बिबेक श्रेष्ठको स्वर रहेको छ । उक्त गीतमा आशिका पोखरेल र रश्मी शाक्यले स्वरमा साथ दिएका छन् । 

    निरेस मगरको संगित रहेको गीतमा बिशम आचार्यले एरेन्ज गरेका छन् । अर्जुन खड्काले सम्पादन गरेको उक्त गीतको भिडियोमा बिबेक श्रेष्ठ र रोशनी श्रेष्ठको फिचरिङ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend