२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हङकङमा नेपालकी सुनमाया बुढाको सानदार जित


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 9.1K
    SHARES

  • images
    हङकङमा नेपालकी सुनमाया बुढाको सानदार जित

    हङकङमा सम्पन्न प्रसिद्ध यूटीएमबी ट्रान्स लान्ताउको दौडमा नेपालकी सुनमाया बुढाले बाजी मारेकी छिन्। ५० किलोमिटर विधामा आज (शनिबार) बिहान १० बजे हङकङको  लान्ताउ टापूस्थित सिल्भरमाईन समद्री तटबाट सुरु भएको दौडमा सुनमायाले निर्धारित दूरी ५ घन्टा २५ मिनेट १२ सेकेन्डमा पूरा गरी विजय प्राप्त गरेकी हुन्। 

    स्वास्थले त्यति साथ नदिए पनि दौडको सुरुवातदेखि सुनमायाले अग्रता लिएकी थिइन्। केही समयबाट खानामा अरुची तथा जिब्रो समेत सुन्निएको सुनमायाले बताइन्। तीनले स्लोभाकियाकी निकटतम प्रतिद्वन्द्वी भेरोनिका भाडोभिकोभा लाई आधा घन्टाले पछाडि पारेकी थिइन्।

    सुनमायालाई चुनौती दिने स्लोभाकियाकी भेरोनिका भाडोभिकोभाले ५ घन्टा ५५ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो तथा चेज रिपब्लिक कि मर्सेला भसिकोभाले ६ घन्टा २४ मिनेट ४६ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरे।

    सुनमायाले यो जित सङ्गै हङकङमा ह्याट्रिक गरी अर्को कीर्तिमान कायम गरेकी छिन्। उनले यही वर्ष गोल्डेन हङकङ १०० र कोरोस १०० को प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेकी थिइन्।

    प्रतियोगिता ट्रान्सलान्ताउ १४०/१००/५०/२५ गरी ४ विधामा विश्व भरका करिब २३०० धावक धावुकाहरुले भाग लिइरहेका छन्। प्रतियोगिता नोभेम्बर १०–१२ सम्म सन्चालन हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend