२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक 


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 10.0K
    SHARES

  • images
    गायक तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक 
     

    काठमाडौं । लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।

    नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ ।

    नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरेका हुन् ।रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

    निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा निर्देशन युवराज वाइबाले गरेका हुन् ।प्रेमी प्रेमिकाबीचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

    भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले  गरेका हुन् । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।‘

    चटपटेको ठेला‘को भिडियो लिंक:  https://youtu.be/FCtRmMDE2l4

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend