२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी क्रिकेट विश्वकपः आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 9.6K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकपः आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै


    काठमाडौं । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि शुरु हुनेछ ।जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ ।

    सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ ।

    त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ । यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठुलो अन्तरले पराजित गर्नुपर्ने भएको छ ।

    दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ । जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो ।

    दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११–टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

    अफगानिस्तानको सम्भावित प्लेइङ ११– हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी र नवीन उल हक ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend