२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

च्याम्पियन्स लिगमा युनाइटेडको अर्को हार


सञ्चार डबली
  • बिहीबार , कात्तिक २३ २०८०
  • 9.3K
    SHARES

  • images
    च्याम्पियन्स लिगमा युनाइटेडको अर्को हार

    २३ कार्तिक २०८०, बिहीबार  
    एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए को खेलमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । १० जनामा सिमित म्यानचेस्टर युनाइटेडले रोमाञ्चक खेल एफसी कोपनहेगन विरुद्ध ४-३ को हार बेहोरेको हो । युनाइटेडले खेलको तेस्रो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । स्कट मक्टोमिनेको पासमा रास्मस होइलन्डले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए । 

    २८औं मिनेटमा होइलन्डले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । अलेहान्द्रो गार्नाचोको प्रहार कोपनहेगन गोलरक्षक ग्राबाराले बचाएपछि रिबाउन्डमा सहजै गोल गर्दै होइलन्डले अग्रता दोब्बर बनाए । तर त्यसपछि खेलमा युनाइटेडले लय गुमायो। ४२औं मिनेटमा मार्कस रासफर्डले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सिमित भयो। पहिलो हाफमा तीन मिनेट र थपिएको समय मात्र बाँकी रहेको स्थितिमा युनाइटेडले हाफ टाइम अगावै दुई गोल खान पुग्यो।

    ४५औं मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसले दिएको पासमा मोहम्मद एल्युनुसीले गोल गर्दै युनाइटेडले अग्रता एक गोलमा झारेका थिए। पहिलो हाफमा १३ मिनेट थपिएको अवस्थामा कोपनहेगनले नवौं मिनेटमा पेनाल्टीमा बराबरी गर्ने अवसर पायो। ह्यारी मग्वायरले बल हातले छोएपछि कोपनहेगनले पेनाल्टी मार्फत बराबरी गर्ने मौका पाएको थियो। डियोगो गोन्कालभेसले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

    तर दोस्रो हाफमा युनाइटेडले पुनः अग्रता लिने सुनौलो अवसर पायो। ६८औं मिनेटमा कोपनहेगनका लेरागरले बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै १० जनामा सिमित युनाइटेडलाई अग्रता दिलाए।

    ८३औं मिनेटमा पेनाल्टी दिएका लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याए। ८७औं मिनेटमा कोपनहेगनले खेलमा पहिलो पटक अग्रता लियो। रुनी बार्डघजिले भल्लि मार्फत गोल गर्दै रोमाञ्चक खेलमा आफ्नो टोलीलाई जित दिलाए।

    यस्तै सोही समूहमा रहेको बायर्न म्युनिखले गालाटासाराय विरुद्ध २-० को जित हासिल गरेको छ। बायर्नको जितमा ह्यारी केनले नै दुई गोल गरेका थिए। खेलमा बायर्नलाई गोल गर्न अन्तिम १० मिनेट सम्म कुर्नु परेको थियो।

    बायर्न ४ खेलमा १२ अंक हासिल गर्दै पहिलो स्थानमा छ। समूहमा दोस्रो स्थानका लागि भने प्रतिस्पर्धा अन्तिम खेल सम्म जाने सम्भावना रहेको छ। कोपनहेगनमा आजको जित सँगै ४ अंक पुर्याउदै दोस्रो स्थानमा उक्लिएको छ। ४ अंक नै रहेको गालातासाराय तेस्रो स्थानमा छ। पुछारमा रहेको युनाइटेडले भने ३ अंक रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend