२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 11.0K
    SHARES

  • images
    संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस

    काठमाडौं, १७ वैशाख । संघीय संसद सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् । प्रतिनिधिसभा सचिवमा नायव महान्यायाधीवक्ता पाण्डेय र राष्ट्रिय सभा सचिवमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो ।

    प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि रिक्त उक्त पदमा पाण्डेय र आचार्यको नाम सिफारिस गरिएको हो । अब राष्ट्रपतिले उनीहरुको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend