२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 10.2K
    SHARES

  • images
    एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग


    काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

    आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ । आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend