२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 10.2K
    SHARES

  • images
    म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

    २०८० कार्तिक २२ बुधवार

    काठमाडौँ । फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पुगेको छ । मंगलबार सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।खराब शुरुवात गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित २०१ रन बनाउदै अस्ट्रेलियालाई जिताएका थिए । म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाएका थिए । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेल र कप्तान पाट कमिन्सले अविजित रहदै जिताएका थिए । दुवैले आठौँ विकेटका लागि २०२ रनको साझेदारी गरेका थिए ।

    यसअघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाउदै २९१ रन बनाएको थियो ।

    योसँगै अस्ट्रेलियाको ८ खेलमा १२ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । साथै भारत र दक्षिण अफ्रिकासँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै अफगानिस्तानको ८ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend