२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएर आजै स्वदेश फर्किने– राष्ट्रपति कार्यालय


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 11.2K
    SHARES

  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएर आजै स्वदेश फर्किने– राष्ट्रपति कार्यालय


    काठमाडौं, १७ वैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । आज दिउँसो राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज भई आज राति स्वदेश फर्किन लागेको जनाएको हो ।

    ‘राष्ट्रपतिको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पेट र छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका पौडेल ६ वैशाखमा एयर एम्बुलेन्समार्फत गएर दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई थप उपचार गराइरहेका छन् ।

    राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्णपाठ :

    सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या आई पछिल्लो पटक मिति २०८० साल वैशाख ५ गते शिक्षण अस्पातलमा भर्ना हुनुभएकोमा थप उपचारका लागि मिति २०८० साल वैशाख ६ गते भारत प्रस्थान गर्नु भएको र  दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना हुनु भएको सर्वविदितै छ । उक्त अस्पतालमा उहाँको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उहाँलाई अझ  केही हप्ता आराम गर्ने सुझाव दिनुभएको छ ।


    सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य उपचारमा संलग्न नेपाली र भारतीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू, उहाँको स्वास्थ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू तथा भारत सरकारलाई समेत उहाँले धन्यवाद दिनु भएको व्यहोरा जानकारी गराउँदछु ।


    २०८० साल वैशाख १७ गते आइतबार ।

    सागर आचार्य
    प्रवक्ता

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend