२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने 


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 9.1K
    SHARES

  • उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने 


    काठमाडौं, १७ वैशाख ।  उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता भएको छ । सरकारले कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुनेजस्ता माग राखेर  गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका पुन र उप्रधानमन्त्री खड्काबीच आज छलफल भएको हो । 

     रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् । 

    सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उनले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिए । माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै उनले आइतबार बेलुकादेखि नै वार्ता हुने जानकारी दिए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend