२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनले हरायो


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 7.6K
    SHARES

  • images
    विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनले हरायो

    काठमाण्डाै - आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गरेको छ ।

    कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

    तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो । भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । हिजोको जितसँगै भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ ।

    भारत सेमिफाइनलमा भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ । विश्व कपमा आज दिउँसो सवा २ बजे बङ्लादेश र श्रीलङ्का खेल्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend