२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईसीसी टी–२० विश्वकपः सुपर ओभरमा ओमानसँग नेपाल पराजित


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 9.9K
    SHARES

  • images
    आईसीसी टी–२० विश्वकपः सुपर ओभरमा ओमानसँग नेपाल पराजित


    काठमाडौं । काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि हात पार्न नेपाल चुकेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको हो ।

    नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend