२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मिटरब्याजीलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिन्छौँ–गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 10.8K
    SHARES

  • मिटरब्याजीलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिन्छौँ–गृहमन्त्री श्रेष्ठ


    काठमाडौं, १७ वैशाख ।  मिटरब्याजीलाई कानुनी कारबाही गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आश्वासन दिएका छन् । जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् । साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए ।  

    सरकारले पीडकलाई कुन राजनीकि दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताएका छन् ।  
     

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend