२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो –नारायणकाजी श्रेष्ठ


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 10.0K
    SHARES

  • अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो –नारायणकाजी श्रेष्ठ


    काठमाडौं, १७ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्नु माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । होत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताएका हुन ।

    शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन, उनले भने । माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्‍याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

    राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताएका छन् । उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो । सामाजिक, आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend