२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

खेल सुरु एक घन्टा अगाबै मुलपानी मैदान फ्यानहरू जम्मा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.9K
    SHARES

  • images
    खेल सुरु एक घन्टा अगाबै मुलपानी मैदान फ्यानहरू जम्मा
     

    काठमाडौं, १७ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बिचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुदैँछ । आइसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो । सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । 

    तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ । 

     यसअघि क्यानले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको थियो । आफनो टविटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend