२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 13.7K
    SHARES

  • images
    विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै

    २०८० कार्तिक १७ गते 
    काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । 

    नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

    सेमिफाइनलमा ओमान र बहराइन तथा युएई र नेपालले प्रतिष्पर्धा गर्दै छन् । ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै शुरु हुदै छ ।

    आजको खेल जितेर फाइनलमा पुग्ने देशले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend