२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कलाकार चक्र बमसहित ९ जना धरौटीमा छुटे


सञ्चार डबली
  • बिहीबार , कात्तिक १६ २०८०
  • 9.7K
    SHARES

  • images
    कलाकार चक्र बमसहित ९ जना धरौटीमा छुटे

    काठमाडौँ । जुवाको खेलबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार धरौटीमा छाडेको हो ।

    महानगरीय प्रहरी वृत्त सिंहदरवारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।

    तत्कालीन समयमा प्रहरीले जुवाको खेलबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा छुटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend