२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 11.6K
    SHARES

  • images
    २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का

    १४ कात्तिक, काठमाडौं । २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का जस्तै भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

    एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ ।

    त्यव् समय सकिनु केही घन्टाअघि फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेको छ ।

    सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपालि महिला विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ ।

    अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया एक्लै देखिएको छ । यो अधिकार साउदीले पाएमा १२ वर्षमै दोस्रो पटक एसियामा विश्वकप आयोजना हुने छ । कतारले गतवर्ष विश्वकपको सफल आयोजना गरेको थियो ।

    सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा हुने छ । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पुग्ने भएकाले अर्जेन्टिना, पारग्वे र उरुग्वेले केही संस्मरणात्मक खेल आयोजना गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend