२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिए क्रिकेट टोलीलाई बधाई, ‘उचित सम्मान गरिने’


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 9.7K
    SHARES

  • images
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिए क्रिकेट टोलीलाई बधाई, ‘उचित सम्मान गरिने’

    शनिबार, वैशाख १६, २०८०

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । शनिबार एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा भारी वर्षाको कारण कुवेतसँगको खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा प्रवेश गरेकामा प्रधानमन्त्रीले नेपाली टोलीलाई बधाई दिएका हुन् । उनले टोलीलाई सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    “एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हार्दिक बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर ह्यान्डलमा लेखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend