२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोमाञ्चक खेलमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई ५ रनले हरायो


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 8.6K
    SHARES

  • images
    रोमाञ्चक खेलमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई ५ रनले हरायो

    शनिबार, ११ कार्तिक २०८०, 
    धर्मशाला । एकदिवसीय विश्वकपमा न्युजिल्याण्ड मात्र ६ रनले विश्वकीर्तिमानी जीतबाट चुकेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ८३ रन बनाउन सक्यो । जेम्स निसमले ३९ बलमा ५८ रन बनाउँदै टोलीलाई जीत नजिक पुर्‍याएका थिए । तर, अन्तिम ओभरमा उनी रन आउट भएसँगै न्युजिल्याण्ड मात्र ५ रनले पराजित हुनपुग्यो । यदि आजको खेलमा जीत हासिल गरेको भए विश्वकपमा न्युजिल्याण्डले अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउने थियो ।

    खेलमा कूल ७ सय ७१ रन बन्यो । कुनै पनि विश्वकपको एकै खेलमा बनेको यो सर्वाधिक रनको कीर्तिमान हो । पहिलो दुई खेल गुमाएको अस्ट्रेलियाको यो लगातार चौथो जीत हो । ६ खेलबाट अस्ट्रेलियाको ८ अंक रहेको छ । जीतका बाबजुद नेट रन रेटका आधारमा अस्ट्रेलियाले समान अंक रहेको न्युजिल्याण्डलाई उछिन्न भने सकेन । न्युजिल्याण्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेको छ ।

    न्युजिल्याण्डका लागि रचिन रविन्द्रले सर्वाधिक ११६ रन बनाए । उनले ८९ बलमा ९ चौका र ५ छक्का हिर्काए । त्यस्तै डेरल मिचेलले ५१ बलमा ५४ रनको पाली खेले । अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुड र प्याट कमिन्सले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाँचपटकको विजेता अस्ट्रेलियाले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा ४९।२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको थियो ।

    अस्ट्रेलियालाई ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिलाए । दुवैले १ सय ७५ रनको साझेदारी गरे । वार्नरले ८५ रन बनाए । यसक्रममा उनले ५ चौका र ६ छक्का हिर्काए । ट्राभिस हेडले पनि आक्रामक पाली खेल्दै शतक बनाए । उनले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए । यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो । यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । विश्वकपमा उनको यो पहिलो तथा करियरको चौथो शतक हो । 

    दुई खेलाडी आउट भएपछि अस्ट्रेलिया मध्यक्रमले खासै ठुलो योगदान दिन सकेन । मिचेल मार्स ३६ रन बनाएर आउट भए भने स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८–१८ रन बनाए ।

    त्यसपछि आएका ग्लने म्याक्सवेलले पुनः विस्फोटक पारी खेले । अघिल्लो खेलमा ४० बलमा शतक बनाएर कीर्तिमान बनाएका उनले २४ बलमा ४१ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

    त्यस्तै, जोस इंग्लिस र कप्तान प्याट कमिन्सले अस्ट्रेलियालाई विशाल योगफलसम्म पुर्याए । इंग्ल्सिले मात्र २८ बलमा ३८ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । कप्तान कमिन्सले १४ बलमा ३७ रन बनाए । उनले दुई चौका र ४ छक्का हिर्काए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend