गोरखा, १६ बैशाख । गोरखामा १८ बर्षीया एक किशोर मृत अवस्थामा फेला परेको छ ।
भिमसेन थापा गाँउपालिका–४, धावा, चौतरा भञ्ज्याङ्गको घर नजिकै रहेको काप्रोको रुखमा झुन्डिएको अवस्थामा किशोर मृत फेला परेका हुन् । मृत्यु हुने १८ वर्षीया राजकुमार गोतामे रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।


