२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 9.4K
    SHARES

  • images
    कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै

    शनिवार, कार्तिक ११ २०८०

    काठमाडौं । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

    घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । नदीपुरका प्रहरी इन्चार्ज अनुराग चन्दले पनि घटनाबारे पुष्टि गरे ।

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि सामाजिक संजालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घिमिरेको स्वास्थ्य लाभको कामना गरेका छन् । मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् । घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend