२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १० २०८०
  • 9.3K
    SHARES

  • images
    कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो


    काठमाडौं, १० कार्तिक । कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ । कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्यो उत्साह लामो समय टिक्ने देखिएको छैन ।

    तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ । यसैबिचमा, फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ ।

    कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

    पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ, जुन साच्चै नै निकै कम हो ।

    यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरु बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

    तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend