२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सय वर्ष पूरा भएका ६१ जनाकाे अनुभव अब पुस्तकमा


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 10.2K
    SHARES

  • images
    सय वर्ष पूरा भएका ६१ जनाकाे अनुभव अब पुस्तकमा

     

    काठमाडाैं, ४ कार्तिक । एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । वर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय शताव्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बन्करमा बसेर ज्यान जोगाएकी अर्की शताब्दी महिला मोरङका एक सय दुई वर्षीया इन्द्रमाया पौडैलसम्मको जीवन संघर्ष समेटिएको पुस्तक विमोचन भएको हो ।

    पुस्तकमा ऐतिहासिक घटनाका साक्षी यस्तै विशिष्ट व्यक्तिहरु जो एकसय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरुको कथाव्यथा समेटिएको छन् । पुस्तकको नाम ‘शताव्दी व्यक्तित्व’ राखिएको छ । पुस्तकमा ६१ जना यस्ता शताव्दी पुरुष महिलालका संर्घषका अनुभबहरु समेटिएका छन् । देशका विभिन्न जिल्लाका उनीहरुको जीवनसंस्मरण पुस्तकमा समेटिएका छन् ।

     राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पुस्तकको प्रकाशन गरेको हो । पुस्तक एक सय १६ पृष्ठको छ । विक्रीवितरण गर्ने उद्देश्य नराखिएकोले पुस्तकमा मूल्य तोकिएको छैन । पुस्तकमा काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका पूर्वमेचीदेखि पश्चिम महाकालीमा वसोबास गरिरहेका एक सय वर्ष पूरा गरेका शताव्दी पुरुष महिलाहरुको कथा समाविष्ट छन् । 

    पुस्तकको प्रकाशक संस्था राष्टिय जेष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले जेष्ठ नागरिकहरुको सम्मानमा पुस्तक प्रकाशन गरेको सुनाए । यस्तो खाले पुस्तक यो नै नेपालको पहिलो भएको उनको दावी छ । पुस्तक तयारीका लागि देशका विभिन्न जिल्ला जिल्लाबाट संकलनकर्ताहरु खटाएर उनीहरुबाट आएको संकलनलाई सम्पादन गरी पुस्तकको आकार दिइएको उनले सुनाए । 

    पुस्तकमा नेपालकै सर्वज्येष्ठ नागरिक १२१ वर्षिय बाटुली लामिछानेलगायत आदर्श शताव्दी व्यक्तित्वहरु अष्टमाया नगरकोटी, अष्टमाया महर्जन, इन्द्रकला शर्मा, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा, केशरबहादुर थापा, केशरीमाया कार्की, खगीसरा पाण्डे, गुरुदत्त पाण्डे, गोपायुकु धिंग्री, गोपाल वैद्य, डा.गौरीशंकरलाल दास, चन्द्रबहादुर सुनुवार, चन्द्रलक्ष्मी धौभडेल, चोककुमारी अधिकारी, जानकी डड्गौरा थारु, जुनधरा पोखरेल, जोगी राना थारु, टेकबहादुर थापा, टोपला भट्टराई, ठुली मगर, तीर्थमाया महर्जन, तुलसादेवी पराजुली, दिलकुमारी महत, देवेन्द्रबहादुर नगरकोटी, धनबहादुर थापामगर, नरबहादुर लिम्बु (चवेगु थेगिम), नैनकला न्यौपाने, पङ्खबहादुर थापा, पासाङ्कितर शेर्पा, पुनमाया कोजू, पुहानी राजवंशी, प्रेमप्रसाद निरौला, फूलिया थरुनी, विष्णुमाया बुढाथोकी, विष्णुमाया माझी, भक्तिमाया श्रेष्ठ, भीमादेवी सिग्देल, माधुराम डगौरा, मंगलादेवी प्रधान, मदनकुमारी अधिकारी, मनमाया तामाङ, मनमाया सुवेदी, मोतीमाया बज्राचार्य, लतंक्वारी सुलु, लक्ष्मीप्रसाद दाहाल, श्रीनारायण खनाल, शमशेरबहादुर बस्नेत, सरस्वती खतिवडा, सान्नानी अधिकारी, सानुमान शाक्य, सुकनीवती थरुनी, सुकु महर्जन, हरिलाल पञ्च, ज्ञानमाया तुलाधर, ज्ञानमान शाक्य, ज्ञानलाल श्रेष्ठ, कान्छी महर्जन र रत्नमाया मालीको जीवनगाथा संक्षिप्त रुपमा समेटिएका छन् ।

    पुस्तक प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विमोचन गरेका थिए । कार्यक्रममा नेपाली काँगेसका सहमहामन्त्री तथा प्रतिनिधि सभाका सदस्य बद्री पाण्डे तथा नेकपा एमालेकी नेतृ, राष्ट्रिय सभाका सदस्य एवम् पूर्वपरराष्ट्र मन्त्री डा.विमला राई पौड्याललगायतको उपस्थिति रहेको थियो । यसैगरी राष्ट्रिय ज्येष्ठ नागरिक कोषका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ, विश्व साइकल यात्री पुस्कर शाह, एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतम, राष्ट्रिय स्वास्थ्य कोषका सदस्य सचिव सुनिता भण्डारी, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव सुस्मा खड्कालगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

    कार्यक्रममा १०० वर्षभन्दा लामो दीर्घ जीवन सम्मानपूर्वक बाँचेर सजिवताको निरन्तर प्रेरणा दिइरहेका आदरणीय ज्येष्ठ नागरिकहरू इन्द्रमाया पौड्याल, डा. गौरीशंकरलाल दास, पंखबहादुर थापा, सानुमान शाक्य, कृष्णथकु ग्वाछा र चन्द्रबहादुर सुनुवारलाई सभामुख देवराज घिमिरेले राष्ट्रिय ज्येष्ठ नागरिक कोषको तर्फबाट ‘शताव्दी व्यक्तित्व सम्मान’  अर्पण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend