२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 10.4K
    SHARES

  • देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय

    काठमाडौं, १६ बैशाख ।  मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्र महासचिव देवप्रसाद गुरुङले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

    उनका प्रतिनिधि हरिजंग तामाङले  निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।खर्च विवरण अनुसार सवैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

     यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएको छ भने  ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend