२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चर्चित एरेन्जर रमेश सेन्चुरीको दशै गीत "घर फर्क परदेशी" सार्बजनिक ।।


  • मंगलबार, असोज ३० २०८०
  • 12.9K
    SHARES

  • images
    चर्चित एरेन्जर रमेश सेन्चुरीको दशै गीत "घर फर्क परदेशी" सार्बजनिक ।।

    २०८० असोज ३० मंगलबार

    दोहा कतार । नेपाली गीतसङ्गीतमा हरेक दिन जसो नयाँ-नयाँ कलाकार तथा सिर्जनाहरु सार्बजनिक हुन्छ, अझ भनौ भने चाडपर्व बिशेष गीतहरु त प्रतिस्पर्धात्मक   सैलीमै आउछ्न तर यतिबेला नेपाली सङ्गीतमा लामो समयदेखी निरन्तर काम गर्दै आएका पर्वत जिल्ला जलजला -०८  नागलिवाङका चर्चित एरेन्जर रमेश सेन्चुरीको आफ्नै शब्द, सङ्गीत, एरेन्ज र स्वरमा एउटा फरक भाव बोकेको दशै गीत "घर फर्क परदेशी" नामक गीत बजारमा आएको छ।

    393499359_1388118678722811_5873000530185790958_n.jpg
    undefined

    महिला अवाजमा सुनिता पन्तले साथ दिएकी छिन भने मिक्सिङ रमेश आफैले गरेका छन । सुर ताल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा भने राम रसाइली र चक घर्तीको अभिनयलाई तिलक रोकाले निर्देशनको साथै छायांकन गरेका हुन ।यस अघि पनि थुप्रै सुपरहिट गीतहरुमा आफ्नो उत्कृष्ट एरेन्ज भरिसकेका रमेशले पछिल्लो समय एरेन्ज गरेका गीतहरु "रुनलाई त हो नि माया लाउनी, जिन्दगी यस्तै भो, कसो गरम म, मेरो लाउरे, ए साइला परेली भित्र" लगायत गीतहरु चर्चाको शिखरमा छ्न ।

    बिगत १६ वर्ष देखि काठमाडौलाई कर्मथलो बनाउदै आएका सेन्चुरीको डिल्ली बजारमा आफ्नै "सुरताल डिजिटल रेकर्डिङ स्टुडियो" पनि थियो । भिमबहादुर पौडेलले भिडियो सम्पादन गरेको घर फर्क परदेशी गीत  SR Films Nepal युटुब च्यानलमा हेर्न सकिने छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend