२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अमेरिका निवासी अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 9.0K
    SHARES

  • images
    अमेरिका निवासी अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान

    काठमाडौं, २९ असोज । अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा  साहित्य सम्मान-२०८०ू बाट सम्मानित भएकी छिन् । डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो।

    पावर इनटरनेशनल मिडिया नेपाल (पीम नेपाल) को चौथो वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पीम नेपाल साहित्य सम्मान-२०८०ु प्रदान गरिएको थियो भने त्यसैगरी म्युजिक खबर पाक्षिकको ७ औं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रमको अवसरमा म्युजिक खबर साहित्य सम्मान-२०८० मार्फत सम्मानित गरिएको छ।anu shah (1).jpg

    अनु शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन् । विद्यालय जीवन देखिनै राष्ट्रिय नाँचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । उनले अमेरिकाको नर्थ ईस्टर्न विश्वविद्यालयबाट बालमनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

    सानैदेखि कला साहित्य क्षेत्रमा प्रवेश गरेकी प्रख्यात स्रष्टा अनु शाहको दुई सयभन्दा बेसी गीतहरू रेकर्ड भइसकेका छन् भने दुई दर्जन गीतका म्युजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन्। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखनसँगै अभिनय र चलचित्र निर्माण पक्षमा समेत उत्तिकै सशक्त भएर नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend