२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रारा पर्यटकिय पुर्वधार साईकल लेन निमार्णको काम अलपत्र, ८ करोड पेश्की, काम शुुन्य


सञ्चार डबली
  • शुक्रबार, वैशाख १५ २०८०
  • 9.9K
    SHARES

  • images
    रारा पर्यटकिय पुर्वधार साईकल लेन निमार्णको काम अलपत्र, ८ करोड पेश्की, काम शुुन्य

    नन्द बहादुर रोकाया
    १५ बैशाख २०८० शुक्रवार, 
    मुुगुु - कर्णाली प्रदेशको प्रमुुख पर्यटकिय केन्द्र रारातालमा निमार्ण हुने रारा पर्यटकिय पुर्वधार निर्माण आयोजनाको काम अलपत्र परेको छ । निमार्ण कम्पनिको जिम्मा लिईएको ठेक्का कम्पनिको लार्परवाहिले ३ बर्ष देखि रारा पर्यटकिय पुर्वधार निर्माण साईकल लेन,पर्यटकिय पदमार्ग आयोजनाको काम अलपत्र परेका परेको हो । रारामा पर्यटकिय पुर्वधार साईकल लेन,पदमार्ग निमार्णका लागी नेपाल सरकार संघिय सरकार वन तथा वातारण मन्त्रालय अन्र्तगत आर्थिक वर्ष २०७८/७९ मा ४६ करोड ४२ लाखमा खानी थोदुुङ्ग क्याराभान कन्ट्क्सन प्रा लि ठेक्का पाएको भएपनि कन्ट्क्सन प्रा लि का प्रोपाईटर चन्द्र थकालीले ८ करोड पेश्की लिएर काम नगरि योजना अलपत्र पारेका छन ।

    22.jpg
    रारातालवरिपरी १४ किलोमिटर पर्यटकिय पुर्वधार निमार्ण साईकल लेन,पर्यटन पदमार्ग निमार्ण गर्नु पर्ने भएको भएपनि ३ बर्ष देखि काम अलपत्र अबस्थामा छ । पर्यटकिय पुर्वधार साईकल लेन, पर्यटन पदमार्ग निमार्णका लागी ल्याईएका सिमेन्टका ईटा ,कंङ्गक्रिट यत्रतत्र छरफस्ट फालिएका छन । तोकिएको समयमा काम सक्ने गरि योजना सम्झौता भएको भएपनि ठेक्का कम्पनिको लार्परवाहिका कारण काम अगाडी बढ्न नसकेको जिल्ला वन डिभिजन कार्यलय मुुगुुका निमित्त कार्यलय प्रमुुख अम्मर साहाले बताए । बहुुबर्षिय योजना २०८२ साल सम्म सक्नुु पर्ने भएको भएपनि आज सम्म ठेक्का कम्पनिको लार्परवाहिले काम अगाडी नबढ्ेको र ठेक्का कम्पनिको कुुनै पनि ब्यत्ति सम्र्पकमा नआएको उनले बताए ।


    ८ करोड पेश्की गएको छ काम अलिकति वहानाको मात्रै भएको र त्यहिपनि अधुरो अवस्थामा छ । ३ बर्ष सम्ममा पनि सोचे अनुुरुप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठि पठाएका छौ निमित्त कार्यालय प्रमुख साहले भन्नुुभयो तर सुनुुवाई भएको छैन । उल्टै ठेक्का कम्पनिले योजना सदरको माग गदै उच्च अदालतमा मुद्धा हालेको छ । उच्च अदालतमा हालेको मुद्धा पहिलो मुुद्धा २०७९ फागुुन १७ गते रिट निवेदन खारेज गरिसकेको पुन मुद्धा हालेको भन्ने बुझिएको छ । कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपायापनि अपनाउने छौ । ठेक्का कम्पनीले राज्यको पैसा दोहन गर्ने काम नगर्ने ब्याज मात्र असुली गर्ने जस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुुलीको पत्र बारम्बार कार्यालयको तर्फ बाट पठाउने काम भएको निमित्त कार्यालय प्रमुख साहले बताए ।

    33.jpg
    undefined


    यसै बिच रारा रारा राष्ट्रिय निकुुञ्जका कार्यलय प्रमुख बिश्व बाबु श्रेष्ठका अनुसार रारा राष्ट्रिय निकुुञ्ज भित्र पर्यटकिय पुर्वधार निमार्ण हुने भनिएको बर्षा भयो तर काम नभएको बताएका छन । रारा राष्ट्रिय निकुञ्ज भित्र पुर्वधार निमार्ण हुने भएकाले हामिले अनुुमति मात्र दिईने हो । तर एक पटक अनुमति लिन आएका बेला कार्यालय को तर्फ बाट अनुुमति दिईएका भएपनि काम अगाडी बढ्न सकेको छैन । पर्यटकिय पुर्वधार निमार्ण भए रारा घुम्न आउने पर्यटकलाई सहज हुने भएको भएपनि काम नहुदाँ एका तिर राज्यको रकमको दोहन भएको छ भने अर्को तिर राराको सौन्र्दतामा आँच आएको रारा राष्टिय निकुञ्जका निमित्त वन संरक्षण अधिकृत श्रेष्ठले बताए ।यसै बिच योजना अलपत्रका बिषयमा जानकारी लिन योजना निमार्णको जिम्मा पाएको खानी थोदुुङ्ग क्याराभान कन्ट्क्सन प्रा लि का प्रोपाईटर चन्द्र थकाली संग फोन सम्र्पक गर्दा फोन सम्पर्क भएन ।

    यस अघि आर्थिक बर्ष २०७६।७७ पनि कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिहं बुढा रारामा पुगेर रारामा साईकल लेन पर्यटकिय पुर्वधार निमार्णको लागी शिल्यानास समेत गर्नु भएको थियो त्यो योजनाले पनि सार्थकता पाएन । कर्णाली प्रदेश सरकार बाट पटक पटक बजेट आउने तर काम अगाडी नबढ्ने बजेट फिज जाने प्रवृति ले रारामा सोचेअनुरुप संरचना बन्न सकेका छैनन । नियमनकारी निकायको उदासिनताका कारण रारामा पर्यटकिय पुर्वधार भौतिक संरचना बन्न नसेका स्थानीयको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend