२७ आश्विन २०८०, शनिबार
दोहा कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा गैरआवासीय नेपाली तारा -२०२३ आयोजना हुने भएको छ। शुक्रबार साँझ दोहाको नज्मा स्थित एउटा रेस्टुरेन्टको सभाहलमा एनसीसी कतारका कार्यबाहक अध्यक्ष कृष्ण पन्थीको सभापतित्वमा तमु गुरुङ समाजकी अध्यक्ष टौमाया गुरुङ र नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष दिलिप श्रेष्ठको विषेश आतिथ्यतामा पत्रकार सम्मेलन गरि कार्यक्रम हुने तालिका सार्बजनिक गरिएको हो ।
"नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका प्रतीभाको खोजी गरौं" मुल नारा सहित २०२३ को नोभेम्बर २४ देखि पहिलो अडिसन सुरु भइ २ फेब्रुअरी- २०२४ सम्म चल्ने प्रतियोगितामा गायक र नृत्य दुबै बिधामा प्रतिस्पर्धा गराइने आयोजक टिमले जानकारी गराए छन । तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सस्थाका संरक्षक तथा एनसीसी कतारका पुर्व महासचिव बुद्धबल गुरुङले सप्रतियोगिता के कसरी गराइने छ भन्ने बारे सम्पुर्ण जानकारी गराएका थिए।
उनका अनुसार पहिलो अडिसनबाट गायन र नृत्य दुबै तर्फबाट ४०/४० छनौट गरिनेछ र तिनै मध्यबाट उत्कृष्ट ५/५ जना २ फेब्रुअरी-२०२४ मा हुने ग्राण्ड फिनालेको लागि स्थान बनाउदै निर्णायकको ५०५ र दर्शकहरुको भोटको ५०५ को आधारमा गायन तर्फबाट एक जना र नृत्य तर्फबाट एक जना सर्बोत्कृष्ट प्रतियोगी छानिने र चौथो गैरआवासीय नेपाली तारा - २०२३ घोषणा गरिने छ। साथै प्रतियोगितामा विजेता हुने प्रतिस्पर्धिले गायन तर्फ एक लाख एकासी हजार (१,८१,०००) नेपाली रुपैयाँको साथमा ट्रफी प्रमाणपत्र र नृत्यतर्फको विजेताले एक लाख पचास (१,५०,०००) हजारको साथमा ट्रफी र प्रमाणपत्र पाउने छ्न भने दुबै तर्फको रनरअपले समान पच्चहत्तर हजार (७५,०००) रुपैयाँ पुरस्कार पाउने छन साथसाथै फाइनलमा पुग्ने सबै प्रतिस्पर्धिले प्रमाणपत्र पाउने बताएका छन ।
प्रतियोगितामा गायन र नृत्य दुबै बिधामा ३/३ जना निर्णायकहरु रहने भनिए पनि पत्रकार सम्मेलनमा सम्भाबित नाम बताइए पनि खास को को हुनेछन निर्णायकको भुमिकामा भन्ने बारे प्रस्ट खुलाइएन । राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ आयोजना गरिने भएको यो प्रतियोगिताको उद्देश्यको बारेमा कार्यक्रम संयोजक सन्दीप भट्टराईले प्रस्ट्याएका थिए भने सहजीकरण एनसीसी कतारका सचिब सन्तोष क्षेत्रीले गरेका थिए। भने तमु गुरुङ समाजले २००८ देखि आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करणले पनि कतारमा रहेर राम्रो अवसर खोजिरहेका उत्कृष्ट आवाज र उत्कृष्ट डान्सर खोज्ने छ।



