शुक्रवार, आश्विन २६ २०८०
काठमाडौ । यही आउँँदो शनिवार आश्विन २७ गते (14th October 2023)का दिन दरवारमार्गस्थित कासा लाउञ्जमा दशैंको मुखैमा साँँगीतिक साँँझ हुन गइरहेको छ । पारिवारीक वातावरणमा खोलिएको प्रिमियम लाउञ्ज एण्ड बारले स्थापनाको केही समयमै आफ्नो ग्राहकहरुको मन जित्न सफल भएको छ ।
हाल दरवारमार्गकै एक व्यवस्थित अनि सबैले रुचाइएको कासा लाउञ्जले आफ्नो ग्राहक, शुभचिन्तक तथा इष्टमित्रहरुसँँग एकआपसमा दशैंको शुभकामना साटासाट गर्ने उद्देश्य आँउदो शनिवार नेपालको वरिष्ठ पप गायक हरिश माथेमालाई लिएर साँँगितिक साँँझ आयोजना गर्ने भएको छ । आँँखाको नानी हौ तिमी, केही सोधे्र तिमीलाई मैले, स्वप्निल रंगमा रंगिएकी तिमी जस्ता दर्जनौं गीतका सर्जक तथा गायक माथेमाको नेपालमा धेरै समयको अन्तरालपछि हुन लागेको यो नै पहिलो साँँगितीक कार्यक्रम हुनेछ । गायक माथेमालाई साथ दिन विदेश जाने मायालु तिमीलाई जस्ता सदावहार गीतका गायक तथा संगीतकार दीपक थापाज्यूको समेत आफ्नो प्रस्तुति रहने छ ।
यो कार्यक्रमलाई सफल पार्न कासा लाउञ्ज एण्ड बारले भव्य तयारी समेत गरेको छ । नेपालको वरिष्ठ पप गायकद्वय हरिश माथेमा तथा दीपक थापाको सांगितीक प्रस्तुतिपूर्व कासा लाउञ्जको हाउस ब्याण्ड हिमालयन कासाको समेतको रमाईलो प्रस्तुति रहने छ । कार्यक्रम सञ्चालनको जिम्मा पाएका द भ्वाईस अफ नेपालका कार्यक्रम सञ्चालक सुशिल नेपालले कार्यक्रममा अझ थप उर्जा थप्ने कुरामा कसैको दुई मत रहने छैन । यस कार्यक्रमलाई अझ भव्य रुपमा सफल पार्न नेपालका अरु थुप्रै पप गायकहरुको समेत सहभागी हुने कुरा आयोजक कासाले जानकारी गराएका छन् ।



