२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आइसीसी क्रिकेट विश्वकपमा भारतको लगातार दोस्रो जित


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 13.8K
    SHARES

  • images
    आइसीसी क्रिकेट विश्वकपमा भारतको लगातार दोस्रो जित

    २०८० असोज २४ बुधबार
    काठमाडौँ । भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको हो । अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य पछाएको भारतले ३५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    भारतको जितमा कप्तान रोहित शर्माले १३१ रनको शतकीय पारी खेलेका थिए भने इशान किशनले ४७, विराट कोहलीले अविजित ५५ र श्रेयस अय्यरले अविजित २५ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउदै २७२ रन बनाएको थियो ।

    यो जितपछि भारतको २ खेलमा ४ अंक भएको छ । त्यस्तै अफगानिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । अब भारतले अक्टोबर १४ मा पाकिस्तानको सामना गर्दै छ भने अफगानिस्तानले अक्टोबर १५ मा ईङल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend