२०८० असोज २२ सोमबार
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजति गरेको हो ।
आर्सनलको जितमा खेलको ८६औँ मिनेटमा गाब्रियल मार्टिनेलीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि आर्सनलको ८ खेलमा २० अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी म्यानचेस्टर सिटीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । ८ खेलमा १८ अंक सहित सिटी तेस्रो स्थानमा रहेको छ ।



