२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लुम्बिनी सरकारका लागि आज दावी पेश गरिँदै


सञ्चार डबली
  • बिहीबार , वैशाख १४ २०८०
  • 10.0K
    SHARES

  • images
    लुम्बिनी सरकारका लागि आज दावी पेश गरिँदै


    काठमाडौं, १४ बैशाख । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन ।

    मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सुचना जारी गरेर दावी पेश गर्न भनेका हुन । नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो रु त्यो भने अझै टुंगो लागेको छैनन ।

    एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए । यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend