२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्वकप क्रिकेट : छिटो शतक र उच्च योगफल

श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको विजयी शुरुवात


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 9.8K
    SHARES

  • images
    विश्वकप क्रिकेट : छिटो शतक र उच्च योगफल

    शनिबार, असोज २०, २०८०
    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा कीर्तिमानी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध १०२ रनको फराकिलो जित निकालेको छ । शनिबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा तीन ब्याटरले शतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४२८ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो नै अहिलेसम्मको उच्च योगफल हो । यसअघि, दक्षिण अफ्रिकाले नै सन् २०१५ मा ४०८ रनको उच्च योगफल बनाएको थियो ।

    ४२९ को विशाल लक्ष्यसहित मैदानमा उत्रिएको श्रीलंकाले ४४।५ ओभरमा सबै विकेट गुमाएर ३२६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका चरिथ असलंकाले ७९ रन बनाए । कुशल मेन्डिसले ७६ रन जोड्दा कप्तान दासुन सनाकाले पनि ६८ रन थपेका थिए । कासुन रजिथाले ३३, सदीरा समराविक्रमाले २३ र धनञ्जय डी सिल्भाले ११ रनको योगदान गरे ।

    दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले तीन विकेट लिए । मार्को जान्सेन, कागिसो रबाडा र केशब महारेजले समान दुई विकेट लिए । त्यसअघि, दक्षिण अफ्रिकाका रसे भान डेर डुसेनले १०८ रन बनाएका थिए । उनले ११० बलमा १३ चौका र दुई छक्का प्रहार गरे । आइदेन मार्करमले १०६ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका मार्करमले ५४ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । ओपनर क्विन्टन डी ककले पनि शतक बनाए । उनले ८४ बलमा १२ चौका र तीन छक्कासहित १०० रन जोडे । एकदिवसीय विश्वकपको इतिहासमा एकै टिमका तीन ब्याटरले शतक बनाएको पनि यो पहिलोपटक हो ।

    यस्तै, डेविड मिलरले ३९, हेनरिक क्लासेनले ३२ र मार्को जान्सेनले १२ रन बनाए । कप्तान टेम्बा बवुमा भने आठ रनमै आउट भएका थिए ।श्रीलंकाका दिल्सान मदुसंकाले दुई विकेट लिए । कासुन रजिथा, मथिसा पथिराना र दुनिथ वेलालागेले समान एक विकेट लिए ।जितसँगै पहिलो खेलबाट दुई अंक जोडेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको श्रीलंका सातौँ स्थानमा छ ।

    अक्टोबर ५ देखि सुरु भएको विश्वकपको यो संस्करणमा कुल १० टिमको सहभागिता छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend