२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, अनलाइन भोटिङ खुला


सञ्चार डबली
  • शनिबार, असोज २० २०८०
  • 9.6K
    SHARES

  • images
    एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट, अनलाइन भोटिङ खुला


    काठमाडौं, २० असोज । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भै रहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ ।

    काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीहरु मध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्यांकनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो । उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छनोट हुने छन् । त्यसका लागि अनलाइन भोटिङ खुला भएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।

    आयोजकका अनुसार झापा घर भएका युएई बस्ने भीम शेर्मा लिम्बूले उत्कृष्ट १० मा स्थान बनाएका छन् । ३६ वर्षीय लिम्बूले शिव परियारले गाएको ’रित्तो रित्तो छु म’ भन्ने बोलको गीत प्रस्तुत गरेका थिए ।

    यस्तै, काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङले विक्रम गुरुङको शब्द तथा अरुण थापाको स्वरमा रहेको ’आँखाको निंद खोसिएला नि’ बोलको गीत प्रस्तुत गर्दै उत्कृष्ट १० मा स्थान बनाउन सफल भए ।

    त्यसैगरी पोर्चुगल बस्ने दाङ घर भएका सुवास चन्द्र पुन मगरलाई स्वरसम्राट नारायण गोपालको ’सल्ला झैं आमा सुसाइ रहिन, अल्झेछ क्यारे पछ्यौरी’ बोलको गीतले टप १० मा प्रवेश गराएको छ ।

    मोरङ घर भै हाल कतारमा बसोबास गर्ने लोकेन्द्र दूधराजले नारायण गोपालले गाएको ’वीरताको चिनो’ बोलको गीत प्रस्तुत गरेका थिए ।त्यसैगरी नर्वे बस्ने चितवनका विष्णु क्षेत्रीले गुलाम अलिले गाएको ’लोलाएका दुई ती तिम्रा ठूला नयन’ बोलको गजल प्रस्तुत गर्दै अन्तिम १० मा स्थान पक्का गर्न सफल भएका थिए ।

    दक्षिण कोरिया बस्ने पाँचथरको प्रदीप कोयु राइले दीपेश किशोर भट्टराईको ’मलाई माफ गरिदेउ मेरा लोभी नजर’ बोलको गीत प्रस्तुत गर्दै आफूलाई सेमिफाइनलमा पु–याएका छन् । जर्मनी बस्ने काठमाडौंका केदार कार्कीले नारायण गोपालको गीत ’आजै र राती के देखें सपनी मै मरी गएको’ गीत गाउँदै अन्तिम १० मा स्थान बनाए ।

    यसैगरी काठमाडौं घर भएकी युके बस्ने १७ वर्षिया युक्ती बलामी, मोरङ घर भइ युएई बस्ने कृष्ण खवास र भोजपुर घर भइ कतार बस्ने गुन मगर निशुले पनि अन्तिम १० मा स्थान बनाएका छन् । अब उनीहरु उत्कृष्ट ५ मा पर्नका लागि अक्टोबर ९ सम्मका लागि अनलाइन भोटिङ खुला भइसकेको छ ।

    ग्रान्ड फिनालेमा पुग्ने ५ जनाको छनोट

    उत्कृष्ट १० बाट ग्रान्ड फिनाले -फाइनल- मा पुग्ने ५ जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् ।उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने छन् ।

    यही असोज २२ गते (अक्टोबर ९ मा) सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने र फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

    एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन् ।

    खल्ती एपबाट कसरी भोट गर्ने ?
    आफुले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबै भन्दा पहिले खल्ति एप डाउनलोड गर्नु पर्ने छ। उक्त एप खोले पछि इन्टरटेनमेन्ट सेक्सनमा ’एनआरएन द सिंगर’ देखिने छ । त्यसपछि आफुलाई मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने आयोजकले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend