२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एएफएसी च्याम्पियन्स लिग : रोनाल्डो र टालिस्काको गोलमा अल नासरको पुनरागमन जित


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 9.4K
    SHARES

  • images
    एएफएसी च्याम्पियन्स लिग : रोनाल्डो र टालिस्काको गोलमा अल नासरको पुनरागमन जित

    २०८० असोज १६ मंगलबार
    काठमाडौँ । एएफएसी च्याम्पियन्स लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले इस्टीक्लोलाई ३(१ ले पराजित गर्दै लागातार दोस्रो जित हासिल गरेको हो । यस खेलमा अल नासर पहिलो हाफमा १(० गोलले पछि परेपछि दोस्रो हाफमा पुनरागमन गर्दै जित हासिल गरेको थियो ।

    इस्टीक्लोका लागि खेलको ४४औं मिनेटमा सेन सेबाईले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर अल नासरले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ३ गोल गरेको थियो । क्रिस्टियानो रोनाल्डोले खेलको ६६औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए भने टालिस्काले २ गोल थपेर अल नासरको जित सुनिश्चित गरेका थिए ।

    एएफसी च्याम्पियन्स लिगको समुह ई मा अल नासरको यो लगातार दोस्रो जित हो । यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी इस्टीक्लोको भने २ खेलमा १ अंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend