२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आदिपुरुषको प्रमोसनमा हुने छैनन् सैफ अली खान


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 9.7K
    SHARES

  • आदिपुरुषको प्रमोसनमा हुने छैनन् सैफ अली खान


    काठमाडौं, बैशाख १३ गते  । निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निभाउने अभिनेता सैफ अली खान मेबाट सुरु हुने फिल्मको प्रचारमा नहिँड्ने भएका छन् । प्रमोसनको सबै काम प्रभासले गर्ने भएपछि सैफ पछि हटेका हुन् ।

    फिल्म स्रोतका अनुसार प्रमोसनको योजना सानो तरिकाले गरिनेछ । फिल्म युनिटले प्रभासलाई नै लक्षित गर्दै प्रमोसनको कार्यक्रम बनाएको छ । प्रमोसनका लागि मे महिनामा आफू तयार रहने प्रभासको योजना अनुरुप प्रमोसन तालिका पनि बनाइएको छ ।

    सैफ मेमा पत्नी करिना र दुई छोरा तैमूर तथा जेहका साथ बिदा मनाउन जाँदैछन् । यहीकारण फिल्मको प्रमोसनमा उनी हिस्सा हुने छैनन् । सैफले आफ्नो विवादास्पद फिल्मी चरित्रबारे उठ्ने प्रश्नबाट बच्नका लागि रणनीति बनाएको उनी निकटले दाबी गरेका छन् ।

    यो फिल्म गत जनवरीमा रिलिज हुने तयारमिा थियो । तर फिल्मको टिजर रिलिज हुनासाथ यसको आलोचना सुरु भयो । त्यसपछि निर्माताले यसको रिलिज मिति सारेका थिए । कतिपयले फिल्मको भीएफएक्स पुनः गर्नुपर्ने भएकाले पनि रिलिज सारिएको बताएका थिए ।

    यो फिल्म अब जुनमा रिलिज हुँदैछ । फिल्ममा प्रभासका अलावा कृति सेनन, सनी सिंिहको पनि अभिनय छ । यो फिल्म बलिउडको ठूलो बजेटको फिल्ममध्ये एक हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend