२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद


सञ्चार डबली
  • बुधबार, वैशाख १३ २०८०
  • 8.3K
    SHARES

  • images
    भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद


    काठमाडौं, बैशाख १३ गते  । भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन् ।पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटवाट नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण लिईएको ट्रकवाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ ।

    उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय ,बुटवलमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend