२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

चुनाव जितेपछि रवि लामिछानेले भने, पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ


सञ्चार डबली
  • मंगलबार, वैशाख १२ २०८०
  • 10.0K
    SHARES

  • चुनाव जितेपछि रवि लामिछानेले भने, पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ


    काठमाडौं, बैशाख १२ गते । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् । आज चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् । 

    नेतृत्व सक्षम नभएमा हटाउने  भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए । यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend