२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिल्म ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने घोषणा


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 10.1K
    SHARES

  • images
    फिल्म ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने घोषणा


    काठमाडौं, १० असोज । फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरले फिल्म ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित फिल्मको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने निर्माण पक्षले जनाएको छ ।

    फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार फिल्ममा विशेष गरि लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिनेछ ।

    फिल्ममा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पुर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहनेछ ।

    सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्बाङ निर्माता रहने फिल्ममा पुर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ । फिल्मको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend