२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एसियाली खेलकुद :  महिला क्रिकेटको उपाधि भारतलाई


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 11.4K
    SHARES

  • images
    एसियाली खेलकुद :  महिला क्रिकेटको उपाधि भारतलाई

     

    काठमाडौँ, ८ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।


    टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रनमात्र बनायो ।

    महिला क्रिकेटको तेस्रो स्थान भने बंगलादेशले सुरक्षित गरेको छ । सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend